नेपालको होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएका भारतका तीन न्यायाधीश बर्खास्त


२०७७ पौष ८ बुधबार १३:२० बजे

काठमाडौं, ८ पुस । भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितिमा भेटिएका थिए ।

राज्यको सामान्य प्रशासन विभागले सोमबार यसबारे सूचना जारी गरेको हो । सूचनाका अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका हुन् । यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवा निवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायालय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिक्ति जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश– सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए ।
उनीहरुलाई विराटनगरको एउटा होटलमा नेपाल प्रहरीले छापामारीको क्रममा पक्राउ गरेको थियो । पछि उनीहरुलाई छोडिएको थियो तर यो घटना मिडियामार्फत् जानकारीमा आएको थियो ।

पटना हाइकोर्टमा उनीहरुविरुद्ध अनुसन्धानको आदेश दिइएको थियो जसमा उनीहरु दोषी पाइए उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरियो । अधिकारीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए जुन गत वर्ष खारेज गरियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७