नेकपा विभाजन : धरापमा प्रदेश सरकार, गणितीय खेल शुरु


२०७७ पौष ७ मंगलबार २१:२३ बजे

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ ।

यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना देखिएको छ । प्रदेश २ बाहेक बाँकी छ वटा प्रदेशमा नेकपाको सरकार छ ।

नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल शुरु भएको छ । नेकपा फुटे कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरुले गर्न थालेका छन् । मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने सम्भावना कम छ, पार्टी फुटे उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ ।

केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ भने बागमती प्रदेशमा पनि सत्ता समीकराण फेरबदल हुने देखिएको छ । यसको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । यसबाट पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार पनि संकटमा पर्ने विश्लेषकको भनाइ छ । नेकपा विभाजन भएमा गुरुङ नेतृत्वको सरकार बदलिनेछ ।

लुम्बिनीमा पनि सत्ता समीकरणको जोड घटाउको चर्चा शुरु भएको छ । नेकपामा फुट आए कर्णालीमा अबको सत्ता राजनीतिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण देखिन्छ । सुदूपश्चिम प्रदेशमा दाहाल नेपाल पक्ष नै बहुमतमा देखिन्छन् । नागरिक दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७