आज वर्षकै सबैभन्दा छोटो दिन


२०७७ पौष ६ सोमबार २३:५२ बजे

काठमाडौं, ६ पुस । आज (सोमबार) डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन । जुन–जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । अब भोलिबाट दिन लामो हुँदै जानेछ ।

यो समयसम्म अत्याधिक चिसो भइसक्ने खगोलशास्त्री बताउँछन् । नेपाल उत्तरी र पूर्वी गोलार्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७