पृथ्वी सुब्बा गुरुङ प्रदेश-४को मुख्यमन्त्री नियुक्त


२०७४ माघ २९ सोमबार १६:०८ बजे
पोखरा, २९ माघ : एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सोमबार दिउँसो गुरुङले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुख समक्ष संसदको हस्ताक्षर सहित दाबी पत्र पेश गरेकाे केहीबेरपछि  प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई अघि मुख्यमन्त्री घोषणा गरेका हुन् । एमालेका २७ र माओवादी केन्द्रको १२ गरी ३९ जनाको हस्ताक्षर पोखराको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । मुख्यमन्त्रीमा किरण गुरूङसँगकाे लामाे रस्साकसीपछि उनले मुख्यमन्त्रीमा बाजी मार्न सफल भए ।  पत्र बुझाउन एमालेका प्रदेश नं चारका संयोजक किरण गुरुङ र माओवादी केन्द्रका इन्चार्ज देव गुरुङ पनि साथै गएका छन्। गुरुङलाई फूलमाला लगाएर बधाइ दिनेको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा घुँइचो लागेको छ । गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७