कांग्रेस पदाधिकारी बैठक : संसदको विशेष अधिवेशन बोलाउन दबाव दिने


१९:५६ बजे

काठमाडौं, १७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (सोमबार) पदाधिकारी बैठक बस्दैछ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारीका साथै केही केन्द्रीय सदस्य समेत सहभागी हुने छन् ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोु’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए ।

‘हामीले राखेको १६–बुँदेको विषयमा छलफल गर्न बैठक डाकिएको छ,’ केन्द्रिय सदस्य मिनेन्द्र रिजालले भने, ‘मुख्यरुपमा पार्टीभित्रको समस्याबारे छलफल हुनेछ र त्यसबाहेक कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउनेबारे निर्णय पनि हुनेछ ।’

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७