कोरोनाबाट चितवनमा थप दुई जनाको मृत्यु


११:०७ बजे

चितवन, १७ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप दुई जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार शुरु गरिएको थियो ।

सबै उपायहरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए । यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।

‘चिकित्सक र स्वास्थ्यकर्मीहरुले अथक प्रयास गर्दागर्दै उहाँहरुको ज्यान गयो,’ भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७