काठमाडौं उपत्यकामा थपिए १६ सय २२ कोरोना संक्रमित


१३:०९ बजे

काठमाडौं, १६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जना कोरोना भाइरस संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा १६ सय २२ कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २८ सय २४ जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लख ५६ हजार ३६६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो कूल संक्रमितको ७७.७ प्रतिशत हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७