बालुवाटार भेटवार्ता : प्रचण्डले राखे सचिवालय बैठकको प्रस्ताव


२३:१४ बजे

काठमाडौं, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (शनिबार) ११ दिनपछि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि पटक–पटक प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए ।

भेटमा प्रचण्डले सचिवालय बैठक तत्काल बोलाएर छलफल गरिनु पर्ने प्रस्ताव ओली समक्ष राखेका छन् । भारतीय गुप्तचर संस्गा ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।

प्रचण्डले एक्ला–एक्लै गरिने छलफलले निकास र परिणाम नदिने भएकाले सचिवालय वैठकमै व्यापक छलफल गरिनु पर्ने राय राख्दै ओली समक्ष वैठक प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डको प्रस्तावमा ओली मौन रहेको र कुनै प्रतिक्रिया नजनाएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले एक्लौटी निर्णयहरु गर्दै अगाडि बढेकोमा प्रचण्ड असन्तुष्ट रहँदै आएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७