सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता


०७:३१ बजे

काठमाडौं, १६ असोज। सांग्रिला डेभलपमेन्ट बैंकले पे नेपको (मोरु)बीच सम्झौता गरिएको छ ।

यस सम्झौता अन्तर्गत ग्राहकले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा चेक र एटीएमको विकल्पको रुपमा आएको हो । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७