कोरोनाबाट थप सात जनाको मृत्यु, नेपालमा मृतक संख्या ४९८ पुग्यो
काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप सात कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।
पाँच जिल्लाका दुई महिला र पाँच पुरुष गरी सात जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ९०२ सहित देशभर थपिए १५ सय ५९ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ६९७ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका हजार ५५९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९०२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
आज (बुधबार) देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो । मंगलबार देशभरबाट एक हजार ५१३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७३१ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।