उत्तर कोरियाले शक्तिशाली परमाणु कुन देशको सहयोगमा बनाउँछ ?


००:३५ बजे
काठमाडौं: एकपछि अर्को गर्दै शक्तिशाली परमाणुको सफल परीक्षण गर्दै आएका उत्तर कोरियाले हतियार निर्माण गर्ने सामाग्री कहाँबाट ल्याउँछन् ? कि आफै उत्पादन गर्छन् ? यो प्रश्नको उत्तर धेरै चासोको विषय हाे । उत्तर कोरियाले विश्वका शक्तिशाली राष्ट्र अमेरिकालाई पनि परमाणु र हाइड्रोजन बमको सफल परीक्षणकै कारण ध्वस्त पार्ने धम्की दिइरहेका छन् । [caption id="attachment_26361" align="aligncenter" width="720"] फाइल तस्बिर[/caption] तर, यस्तो शक्तिशाली परमाणु र हाइड्रोजन बमको निर्माण गर्न उत्तर कोरियाले मात्रै सम्भव नरहेको एक रिपोट सार्वजनिक भएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले उक्त शक्तिशाली परमाणु निर्माण गर्न जर्मनीबाट ल्याउने गरेको खुलेको छ ।  उत्तर कोरियाले जर्मनीको बर्लिनस्थित दूतावासको सहयोगमा परमाणु हतियार उत्पादनको काम गरिरहेको एक रिपोर्टले जनाएका छन् । जर्मनीका जासुसी संयन्त्रका अनुसार उत्तर कोरियाले बर्लिन दूतावासबाटै उपकरण किनेर परमाणु र हाइड्रोजन बम उत्पादन गरिरहेको तथ्य सार्वजनिक गरेको छ । संयन्त्र प्रमुख ‘होस जर्ज मेसेन’ले एउटा अन्तरवार्तामा भनेका छन्, ‘उत्तर कोरियाले गरिरहेको काम थाहा पाउने बित्तिकै बन्द गर्ने प्रयास गर्छौँ, तर उत्तर कोरिया अर्को प्रक्रिया अपनाएर काम गरिहाल्छ, सफलता पाइरहेको सूचना हामीसँग छ । उसो त उत्तर कोरियाले परमाणु बमका लागि जर्मनीको प्रविधि नै ह्याक गर्ने प्रयास गरेको थियो । राष्ट्रसंघले निषेध गरे पनि उत्तर कोरियाले कोइला, स्टिल र अन्य आवश्यक पदार्थ आयात गरिरहेको छ, जुन परमाणु हतियार बनाउने काममा प्रयोग भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७