स्थायी कमिटी बैठक स्थगित गरेर नेकपाले डाक्यो सचिवालय बैठक


२०७७ श्रावण २ शुक्रबार १२:०६ बजे

काठमाडौं, २ साउन । आन्तरिक विवादमा अलमलिइरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि (शनिबार) सचिवालय बैठक डाकेको छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको छलफलमा भोलि (शनिबार) सचिवालयको बैठक बोलाउने सहमति भएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी गराएका छन् । ‘भोलि ३ बजे सचिवालय बैठक बोलाउने दुई अध्यक्षबीच सहमति भएको छ’, महासचिव भने । दुई अध्यक्षको छलफलपछि स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थागित गरिएको छ ।

महासचिव पौडेलले आजको बैठकमा कुनै औपचारिक सहमति नभए पनि सहमतिको प्रयासका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको बताएका छन् । ‘आजको बैठकमा पनि कुनै मूर्त सहमति भएको छैन’, उनले थपे, ‘सहमतिका लागि नै स्थायी कमिटी बैठक स्थगित गरेका हौं ।’

पार्टीभित्रको विवाद हल गर्न नेकपाका अध्यक्षबीच हालसम्म नौं पटक छलफल भए पनि कुनै निकास निस्किन सकेको छैन । अध्यक्ष प्रचण्ड ओलीले दुबै पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने नेकपा अध्यक्ष एवम प्रधानमन्त्री कुनै पनि हालतमा दुबै पदबाट राजीनामा नदिने बरु जुनसुकै अप्ठ्यारा सामना गर्न तयार रहेको स्पष्ट पारिसकेका छन् । दुवै अध्यक्ष आ–आफ्नो अडानमा अडिग रहेका कारण विवाद मिल्नुको सट्टा झन तन्किँदै गइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७