सिन्धुपाल्चोक बाढी–पहिरो : पाँच लाख सहयोग गर्ने निर्णय


२०७७ असार २९ सोमबार १७:३४ बजे

सिन्धुपाल्चोक, २९ असार । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ ।

असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिए ।

पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७