कोरोना महामारी रोक्ने दक्षिण अफ्रिकाको नयाँ उपाय : रक्सीमा प्रतिबन्ध
काठमाडौं, २९ असार । कोरोना भाइरसको संक्रमण रोक्नका लागि दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ जसमा रक्सीको बिक्रीमा रोक लगाइएको छ ।
साथै सरकारले सोमबारदेखि रातिको समयमा करफ्यू लगाउने र घरबाट बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले एक वर्षमा दोस्रो पटक लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने बताएका छन् । यहाँ कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजारभन्दा बढी भइसकेको छ र यहाँ कोरोनाका कारण अहिलेसम्म चार हजार बढीको ज्यान गइसकेको छ ।
सरकारको एक आंकलन अनुसार वर्षको अन्त्यसम्म यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी हुनसक्छ । स्रोतः बीबीसी