हजुरबा बने बाबुराम, भने, ‘२२ औं शताब्दी देख्ने शिशुको जन्म भयो’

काठमाडौं, २८ असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार बिहान शिशु बोकेको तीन वटा फोटो ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखे, ‘बल्ल हजूबा भइयो ।’
उनकी एक मात्र छोरी मानुसी यमी भट्टराईले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । ट्वीटरमा भट्टराईले छोरी मानुसी र ज्वाई जकेन्द्र श्रेष्ठलाई बधाई दिंदै आफ्नो परिवारमा २२ औं शताब्दी देख्ने शिशुको जन्म भएको बताएका छन् ।
नाती समातेको दुई वटा फोटो र अर्को परिवारका सदस्यसहितको फोटो सार्वजनिक गर्दै भट्टराईले सफल अपरेशनका लागि डा. गीता गुरुङ र उनको टिमलाई धन्यवाद समेत दिएका छन् ।
