भूकम्पपीडितको पैसामा विदेश सयरमा कर्मचारी (सुचीसहित)


२०७४ माघ १२ शुक्रबार १४:०८ बजे
 काठमाडौं, १२ माघ : भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् । अाजकाे नयाँ पत्रिकामा पुष्प ढुंगानाले लेखेका छन् । पछिल्लो एक महिनामा मात्रै प्राधिकरणका कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको दुई करोड ७० लाख सकिएको छ । ५० कर्मचारी थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सको भ्रमणमा रमाएका छन् । थाइल्यान्डमा उनीहरूले समुद्री आँधी (सुनामी) र त्यसको जोखिमबारे अध्ययन गरेको बताएका छन्, जबकि नेपालमा त्यसको कुनै जोखिम नै छैन । त्यस्तै, फिलिपिन्समा सुनामीले बगाएका भग्नावशेषलाई कसरी पर्यटकीय केन्द्र बनाउन सकिन्छ भनेर अध्ययन गरेको उनीहरूले बताएका छन् । यता नेपाली भूकम्पपीडितले तीनवटा हिउँद र वर्षा पालमुनि नै बिताएका छन् । प्राधिकरणले तीनवटा नेतृत्व पाइसक्दा पनि भूकम्पपीडिको अवस्था अझै दयनीय छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल छन् । यसअघि सो पदमा डा। गोविन्दराज पोखरेल र सुशील ज्ञवाली थिए । सरकारले एउटा भुकम्प प्रतिरोधी घर बनाउन कम्तिमा ३ लाख लाग्ने अनुमान गरेको छ । त्यसै आधारमा भुकम्पले भत्किएका घर बनाउन प्रत्येक परिवारलाई ३ लाखका दरले अनुदान दिने घोषणा गरेको हो । एक घर बनाउन ३ लाख लाग्ने प्राधिकरणको अनुमानलाई आधार मान्दा प्राधिकरणका कर्मचारीले पछिल्लो एक महिनामा विदेश भ्रमणमा गएर गरेको खर्चले पिडितका ९० घर बनाउन सकिन्थ्यो । प्राधिकरणले आफ्ना कर्मचारीको विदेश भ्रमणका लागि ४ करोड ९८ लाख बजेट छुट्याएको छ । कर्मचारीलाई विदेश भ्रमणमा जान छुट्याएको राज्यकोषको पैसा पीडितका लागि खर्च गर्दा १ सय ६६ परिवारलाई घर बनाउन सकिन्थ्यो । एक महिनामा ९५ कर्मचारी विदेश थाइल्यान्ड र फिलिपिन्स:  ७–१६ जनवरी २०१८ खर्च : ७५ लाख
  1. सहसचिव राजुमान मानन्धर
  2. सहसचिव नेत्रप्रसाद सुवेदी
  3. उपसचिव प्रेम घिमिरे
  4. उपसचिव विजय राना
  5. उपसचिव प्रतिनिधि अर्थ मन्त्रालय
  6. उपसचिव चन्द्राकान्त पौडेल
  7. अधिकृत वेदप्रसाद आचार्य
  8. नापी अधिकृत कृष्णबहादुर थापा
  9. अधिकृत वैकुण्ठ उपाध्याय
  10. अधिकृत यामनारायण गौली
  11. अधिकृत सूूर्यप्रकाश विष्ट
  12. अधिकृत भीष्म बाँस्कोटा
थाइल्यान्ड र इन्डोनेसिया : २१–३० जनवरी खर्च : ७५ लाख
  1. सहसचिव प्रकाश थापा
  2. सहसचिव कृष्णप्रसाद दवाडी
  3. उपसचिव शिवराम गेलाल
  4. उपसचिव मुरारी वस्ती
  5. उपसचिव कमल घिमिरे
  6. उपसचिव मनोहर घिमिरे
  7. उपसचिव गोमादेवी ढकाल
  8. उपसचिव विनु बज्राचार्य कुँवर
  9. अधिकृत विष्णु लामिछाने
  10. अधिकृत गंगा सुवेदी
  11. अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट एक–एकजना प्रतिनिधि
थाइल्यान्ड : २१–३० जनवरी २०१८ खर्च : ६० लाख
  1. उपसचिव ऋषि आचार्य
  2. अधिकृत चेतनाथ अर्याल
  3. अधिकृत भरतकुमार थापा
  4. सुब्बा केशवप्रसाद प्रसाई
  5. तथ्यांक सहायक गोविन्द डुम्रे
  6. कम्प्युटर अपरेटर उमेश रिजाल
  7. कम्प्युटर अपरेटर अनुपराज श्रेष्ठ
  8. कम्प्युटर अपरेटर जानकीकुमारी केसी
  9. कम्प्युटर अपरेटर चिनाकुमारी राई
  10. कम्प्युटर अपरेटर सूर्यप्रकाश आचार्य
  11. कम्प्युटर अपरेटर प्रमेशकुमार सिंह
  12. सर्वेक्षक टीका विसी
६–१२ पुस ०७४ : खर्च : ६० लाख
  1. उपसचिव रुद्र मल्ल
  2. अधिकृत लालबहादुर बस्नेत
  3. अधिकृत राजेन्द्र कार्की
  4. अधिकृत शिव हुमागाई सिन्धुलीको का.प्र
  5. अधिकृत रामकुमार श्रेष्ठ
  6. तथ्यांक अधिकृत कुलप्रसाद न्यौपाने
  7. इन्जिनियर वेदप्रसाद गौडेल
  8. इन्जिनियर रामआशिष दास
  9. इन्जिनियर पुष्प अधिकारी
  10. सुब्बा ज्ञानप्रसाद भट्टराई
  11. सुब्बा भावना निरौला
  12. कम्प्युटर अपरेटर इन्द्रसिंह सामन्त
  13. कम्प्युटर अपरेटर ललित नेगी
  14. कम्प्युटर अपरेटर मकरध्वज केसी
  15. सुब्बा मधुसुदन नेपाल
  16. लेखापाल अर्जुन दाहाल
  17. प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल (१६ मे २०१६) इन्डोनेसिया
  18. सहसचिव कालीप्रसाद पराजुली (६–२८ अप्रिल २०१६) अमेरिका
  19. उपसचिव विजय राना (६–२८ अप्रिल २०१६) अमेरिका
  20. कार्यकारी समिति सदस्य विष्णुबहादुर भण्डारी (३–५ मे २०१६) न्युजिल्यान्ड
  21. प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल (१६ मे) इन्डोनेसिया
  22. उपसचिव ध्रुव गैडा (३–१६ सेप्टेम्बर २०१६) द.कोरिया
  23. नापी अधिकृत कृष्णबहादुर थापा (२७ सेप्टेम्बर–१८ नोभेम्बर २०१६) जापान
  24. कार्यकारी समिति सदस्य डा. विष्णुबहादुर भण्डारी (१९–२६ अक्टोबर) जापान
  25. उपसचिव भीष्मकुमार भुसाल (१९–२६ अक्टोबर) जापान
  26. सिडिई हरिप्रसाद शर्मा (३१ अक्टोबर–१७ नोभेम्बर, २०१६) जापान
  27. शाखा अधिकृत विष्णु लामिछाने (३१ अक्टोबर–१७ नोभेम्बर, २०१६) जापान
  28. उपसचिव पवनकुमार घिमिरे (७–११ नोभेम्बर २०१६) जापान
  29. नापी अधिकृत कृष्णबहादुर थापा (७–११ नोभेम्बर २०१६) जापान
  30. सहसचिव द्वारिका श्रेष्ठ (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  31. सिडिई राजकाजी श्रेष्ठ (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  32. लेखा अधिकृत केशव बराल (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  33. एलडिओ नारायण आचार्य, गोरखा (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  34. एलडिओ कृष्णबहादुर शाही, सिन्धुपाल्चोक) (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  35. सिडिई पुष्परत्न रञ्जित सिन्धुपाल्चोक (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  36. का.अ भुवनेश्वर लामिछाने सिन्धुपाल्चोक (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  37. सिडिई परीक्षित कडरिया, केआकाई, बबरमहल )२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  38. शा.अ केशवप्रसाद न्यौपाने (२७ नोभेम्बर–७ डिसेम्बर २०१६) जापान
  39. प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली (२–५ नोभेम्बर २०१६) भारत
  40. उपसचिव प्रेमप्रसाद घिमिरे (१२–२० डिसेम्बर, २०१६) जापान
  41. प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली (९–१३ जनवरी २०१७) चिली
  42. कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली (२३ जनवरी २०१७) चीन
  43. कार्यकारी समिति सदस्य– डा. हरिराम पराजुली (२४ जनवरी २०१७) जापान
  44. सहसचिव जनार्दन गुरागाई (७–१६ मार्च २०१७) जापान
  45. सहसचिव यमलाल भुसाल (७–१६ मार्च २०१७) जापान
  46. सहसचिव यमलाल भुसाल (४–६ मे २०१७) भारत
  47. उपसचिव धर्मराज कुइँकेल (२०–२५ मार्च २०१७) श्रीलंका
  48. उपसचिव शिवराम गेलाल (२०–२५ मार्च २०१७) श्रीलंका
  49. शाखा अधिकृत विष्णु लामिछाने (१०–१४ अप्रिल २०१७) जापान
  50. प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल (४–६ मे २०१७) भारत
  51. सहसचिव जनार्दन गुरागाईं (२३ मे–१२ जुन २०१७) चीन
  52. उपसचिव विनु बज्राचार्य कुँवर (२३ मे–१२ जुन २०१७) चीन
  53. उपसचिव ऋषिराज आचार्य (२३ मे–१२ जुन २०१७) चीन
  54. शा.अ गंगा सुवेदी भट्टराई (२३ मे–१२ जुन २०१७) चीन
  55. इन्जिनियर सुरेन्द्र वैद्य (२३ मे–१२ जुन २०१७) चीन
  56. सहसचिव कृष्णप्रसाद दवाडी (१२–१६ जुन २०१७) अमेरिका
  57. सचिव सर्वजितप्रसाद महतो (२–१२ जुलाई २०१७) पोल्यान्ड
  58. सहसचिव प्रकाश थापा (२–१२ जुलाई २०१७) पोल्यान्ड
  59. सहसचिव प्रकाश थापा (चार दिन) इरान
  60. सहसचिव राजुमान मानन्धर (तीन दिन) कम्बोडिया
  61. भीष्मराज भुसाल (दुई वर्ष) अमेरिका
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७