सहरी विकास मन्त्रालयको आगामी बर्षका लागि नयाँ योजना थप नहुने
काठमाडौं, १७ बैशाख । आगामी वर्षका लागि नयाँ योजनाहरू थप नहुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
गत वर्षका योजनाहरूलाई निरन्तरता दिने गरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन आएको भन्दै नयाँ योजना थप नहुने मन्त्रालयको भनाई छ ।
मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलमा मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अर्थ मन्त्रालयको निर्देशनअनुसार बजेट प्रस्ताव गरिएको बताए ।
सांसदहरूले एक निर्वाचन क्षेत्रमा एक योजना पर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने सुझाएका छन् । विगतका वर्षहरूमा शक्ति र पहुँचका आधारमा योजनाहरू पर्ने परम्परा तोड्दै समानुपातिक ढंगले बजेट विनियोजन गर्न सांसदहरूले सुझाव दिएका हुन् ।
सांसद जीवनराम श्रेष्ठले बजेट वितरण नीति ठीक नभएका कारण कसैकोमा बजेट नपर्ने कसैको धेरै पर्ने गरेको सुझाव दिए ।
https://youtu.be/Zv9XSZtZvmw
सांसद गणेश पहाडीले एउटा निर्वाचन क्षेत्रमा एउटा कार्यक्रम नछुट्ने गरी बजेट बनाउन आग्रह गरे ।
छलफलपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने सरकारको योजना रहेको जानकारी दिए ।
छलफलमा बैतडी, सिन्धुली, नुवाकोट कैलाली लगाएतका सांसदहरुको सहभागीता रहेको थियो ।
.gif)

.png)

