बर्दियासँग सीमा जोडिएको भारतको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना


२०७७ बैशाख ११ बिहीबार ००:४३ बजे

बर्दिया, ११ बैसाख । नेपालको बर्दिया जिल्लासँग सीमा जोडिएको भारत उत्तर प्रदेशको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण भेटिएको छ ।

रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा तीन नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ पाइएको हो । उनीलगायत ५० जनालाई बहराइचस्थित जिल्ला अस्पतालमा रेफर गरिएको लखनउस्थित एक प्रहरीको भनाई उदगृद्ध गर्दै भारतीय पत्रिका अमर हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

आठ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ट्राभल हिस्ट्री निकाल्ने काम भइरहेको जनाएको छ । कोरोतिम नेपाली प्रदेश–५ का बासिन्दा हुन् ।

सीमावर्ती बहराइचमा कोरोना भाइरस संक्रमण देखिएपछि भारतसँग जोडिएको सीमानामा उच्च सर्तक रहन स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भारतबाट सुरक्षा निकायलाई चनाखो भएर सीमामा थप कडाई गर्न भनिएको जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७