भारतमा कोरोनाले लियो एकै दिन ५३ जनाको ज्यान, संक्रमित २० हजार नाघे


२०७७ बैशाख १० बुधबार १०:३४ बजे

नयाँदिल्ल्ली, १० बैसाख । छिमेकी देश भारतका कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । मंगलबार एकै दिन भारतमा कोरोनाले ५३ जनाको ज्यान लिएको छ ।

त्यहाँ बुधबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा मंगलबार एकै दिन १५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म ३९ सय ७५ जना उपचारपछि ठिक भएका छन् ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ । गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७