काठमाडौंबाट दोलखा हिंडेको बस रामेछापमा दुर्घटना, २८ जना घाइते
रामेछाप, १० बैसाख । काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको मिनीबस बुधबार बिहान रामेछापको मन्थलीमा दुर्घटना भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
बा २ ख ६८१८ नम्बरको मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । केही घाइतेलाई काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको छ । बाँकी घाइतेको मन्थलीकै तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।