नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवा सिफारिस


२०७७ बैशाख ९ मंगलबार २१:३० बजे

काठमाडौं, ९ वैशाख : नेपाल प्रहरीका १९ जना एसपी एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले मंगलवार १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको हो ।

बढुवाको लागी रिक्त १९ पदमा पदमा ४० जना एसपी प्रतिस्पर्धामा थिए । बढुवा सिफारीस हुने एसपीहरुमा विरेन्द्र बस्याल, नवराज भट्ट,जनक भटराई, कुवेर कठायत, भरत बोहरा,दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी,केदार ढकाल, रविन्द्र केसी,राजेश बांस्तोला,सुदिप गिरी, कृष्ण कुमार महत र लालमणी आचार्य रहेका छन् ।

यसैगरी पछिल्लो ब्याचबाट एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल, राजकुमार वैदवार, मुकेश सिंह र चन्द्र खापुङ बढुवाका लागि सिफारीस भएका छन् ।

नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा समिति गठन गर्नुपर्ने नियम छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रशासन हेर्ने एआईजी सदस्य सचिव छन् ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७