उदयपुरमा थप एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्याे


२०७७ बैशाख ९ मंगलबार २१:३९ बजे

काठमाडाैं, ९ वैशाख । नेपालमा कोरोना भाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । संक्रमण देखिएका ३३ बर्षका पुरुष व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए ।

संक्रमित व्यक्तिको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार ९५६ को आरडिटीबाट परिक्षण गरिएको छ । बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।  

मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन् भने २६७ जना रेड जोनमा परेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७