सरकारलाई अध्यादेश फिर्ता लिन माग गर्दै कांग्रेसको ३ बुँदे निर्णय {भिडियाे}


२०७७ बैशाख ९ मंगलबार १९:४१ बजे

 काठमाडौं, ९ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग माग गरेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबार जारी दुबै अध्यादेश फिर्ता लिन माग गरेको हो ।

https://youtu.be/Ct-owH1RSwk

बैठकले सरकार ल्याएको अध्ययादेशको  भर्त्सना र खेद व्यक्त गर्दै फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दै एक्यवद्ध ढंगले यसको प्रतिवाद गर्न अपिल पनि गरेको छ ।

कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको भएपनि नयाँ अध्यादेशले संविधानको मर्म र भावना एवं परिषदको गरिमामय भूमिकालाई समाप्त गरेको बैठकले ठहर गरेको छ ।

प्रवक्ता शर्माले अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र कांग्रेसले चाल्ने आगामी कदमका बारेमा बुधबार सार्वजनिक गरिने बताए । 

सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आकस्मिक पदाधिकारी बैठक मंगलबार बिहान बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू:

१. कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको अध्यादेशलाई बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिंदै भत्सर्ना र खेद व्यक्त गरेको छ ।

जनता लक डाउनमा कष्टकर स्थितिमा छन्, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासंग जुधिरहेका छन्, यस्तो बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दै बैठकले एक्यवद्ध ढंगले यसको प्रतिवाद गर्ने एवं सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आम संचारका माध्यम र समस्त नेपालीलाई यसका विरुद्ध उभिन अपील गर्ने निर्णय गरेको छ ।

२. कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको थियो । तर संवैधानिक परिषद् सम्बन्धि अध्यादेशले संविधानको त्यो मर्म र भावना एवं परिषदको गरिमामय भूमिकालाई समाप्त गरेको छ । बैठकले यो अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गर्ने निर्णय गरेको छ ।

३. संविधान निर्माण गरिंदा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए । तर राजनैतिक दल सम्बन्धि ब्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ । कोरोनासंग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनैपनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण एवं षड्यन्त्रपूर्ण छ । पदाधिकारी बैठकले यस्तो प्रवृत्तिको भत्सर्ना गर्दै अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गरेको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७