किम जोङ उनको मुटुको शल्यक्रिया
काठमाडौं, ९ बैसाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ ।
उनको अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् ।
पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए । किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ ।
तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको स्रोतलाई उल्लेख गर्दै दक्षिण कोरियाका सञ्चार माध्यमले खबर लेखेका छन् ।
उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन । अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिंदै आएको थियो ।
गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ । किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ । अल जाजीराबाट