बहराइनमा तीन नेपालीलाई कोरोना, विदेशमा कोरोना संक्रमित नेपाली सात पुगे


२०७६ चैत ९ आइतबार १४:३८ बजे

काठमाडौं, ९ चैत । वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका तीन नेपालीका कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भेटिएको छ ।

उनीहरुमा कोरोनाको संक्रमण भेटिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ’, बहराइनस्थित नेपाली दूतावास स्रोत भन्छन, ‘हामी विस्तृतमा सोधखोज गरिरहेका छौं । केही समयपछि विस्तृत विवरण आउने छ ।’

बहरानमा हाल करिब ३५ हजार नेपाली कार्यरत छन् । उनीहरु अधिकांश वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका हुन् । बहराइन जान भनेर हिंडेका ३० नेपालीलाई यसअघि युएईले नेपाल फर्काइ दिएको थियो । युएईमा दुई जना नेपालीलाई कोरोना संक्रमण देखिएको केही समयपछि उनीहरु फर्काइएका थिए ।

यसअघि अष्ट्रेलिया र पोर्चुगलमा पनि एक–एक जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बहराइनमा हालसम्म ३०१ जना कोरोना भाइरस संक्रमित देखिएका छन् । संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७