कोरोना भाइरसले निम्त्याएको कारुणिक कथा : शिशुलाई जन्म दिएपछि आमाको कोरोनाबाट मृत्यु


२०७६ चैत ८ शनिबार १६:५३ बजे

काठमाडौं, ८ चैत । विश्वका १८५ मुलुकमा फैलिसकेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट अहिलेसम्म ११ हजार बढी मानिसको ज्यान गईसकेको छ । दुई लाख बढी मानिस संक्रमित छन् ।

कोरोना भाइरसको संक्रमणले अहिले विश्वलाई कायल बनाएको छ । अहिले सञ्चार माध्यममा कोरोना भाइरसका कारण ज्यान गएको र विभिन्न देशको विभिन्न क्षेत्रमा आर्थिक क्षतिका समाचार मात्र बाहिर आइरहेका छन् ।

एक मानिसबाट अर्को मानिसमा सहज सर्ने भएका कारण मानवीय संवेदनाका कथाहरु बाहिर आउन नसकिरहेको अवस्था छ । कोरोना भाइरसका कारण विश्वका धेरै मानिसले प्यारा आफन्तजन गुमाउनु परेको छ । आफन्त गुमाउनु पर्दाको पीडा र अन्तिम विदाइ समेत मानिसले खुलेर गर्न सकिरहेका छैनन् ।

यस्तै कारुणिक घटना पोल्याण्डमा भएको छ । पोल्याण्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्याण्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ ।

ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ । पोल्याण्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । एएनआईबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७