एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि छहारी भवन दिने


२०७६ चैत ७ शुक्रबार १८:०५ बजे

काठमाडौं, ७ चैत ।  कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकार आफ्नो तयारीमा जुटिरहेको बेला एकल महिला समूहले सरकारलाई छहारी भवन उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

मानव अधिकारको लागि महिला, एकल महिलाको समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उपलब्ध गराउने जानकारी गरेको हो ।

विभिन्न जिल्लामा एकल महिला समुहको निम्ती बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइएको जानकारी दिदैं संस्थापक अध्यक्ष लिली थापाले उक्त भवनमा ३ सय ६५ जनालाई राख्न सक्ने क्षमता रहेको बताए ।

उक्त समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली जिल्लामा रहेको भवनको सम्पूर्ण विवरण सहित सरकारलाई उपलब्ध गराएको छ ।


सरकारले कोभिड–१९ महामारी रोकथामका निम्ती अवलम्बन गर्दै आएको उपायको सराहना गर्दै एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक समयसम्मका निम्ती प्रयोग गरी संचालन गर्न आग्रह गरेको छ ।


एकल महिला समूहको प्रतिवद्धता पत्र बुझ्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले प्रतिवद्धताका निम्ती धन्यवाद व्यक्त गर्दै महामारी रोकथामका लागि सवैको सहयोग आवश्यक पर्ने बताए ।

अहिलेको अवस्था सजग रहने मात्रै भएको बताउदैं परेको खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विरुद्ध काम गर्न सरकार तम्तयार रहेको धारणा राखे ।

सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गरे । सरकारले सम्भव भएजति सबै विकल्पमा काम गरिरहेको उनले बताए ।

मानव अधिकारको लागि महिला, एकल महिला समूह स्थापनाकाल देखीनै एकल महिला शसक्तिकरण र सामाजिक न्यायका लागि कार्य गर्दै आइरहेको संस्था हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७