पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ


२०७६ चैत ७ शुक्रबार २३:०१ बजे

भक्तपुर, ७ चैत : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७