सार्क राष्ट्रमा कोरोनाबाट तीनको मृत्यु, ३८५ संक्रमित


२०७६ चैत ४ मंगलबार १२:१८ बजे

काठमाडौं, ४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का आठ सदस्य देशमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन जनाको ज्यान गइसकेको छ ।

३८५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै २१ जना उपचारपछि निको भएका छन् । ३६१ जनाको उपचार भइरहको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका १६२ देशमा पुगेको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या मंगलबारसम्ममा सात हजार १५७ पुगेको छ ।

मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार ४१२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७