निर्भया बलात्कार-हत्याकाण्ड : भारतीय अदालतले मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेपछि परिवारमा चिन्ता


२०७६ माघ ४ शनिबार १४:१० बजे

काठमाडौं, ४ माघ । भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ ।

अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराधको आरोप लागेका मुकेशकुमार सिंहले राष्ट्रपति समक्ष जीवन रक्षाको माग गर्दै याचिका दर्ता गरेपछि २२ जनवरीको मिति सरेको जनाइएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार दयाको याचिका खारेज गरिसकेपछि अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए । मुकेशको दया याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपति समक्ष पठाएको थियो ।

यसअघि दिल्ली सरकार र उपराज्यपाल अनिल बैजलले पनि दया याचिका खारेज गर्न सिफारिस गरेका थिए। यसअघि निर्भया केसका चार दोषीलाई पटियाला हाउस अदालतले जनवरी २२ मा मृत्युदण्ड वारन्ट जारी गरेको थियो । चार जनामध्ये मुकेशकुमारले राष्ट्रपति समक्ष दया याचिका दर्ता गरेका थिए ।

जुन शुक्रबार अस्वीकृत भयो । दया याचिका खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ । उही समयमा गृह मन्त्रालयले राष्ट्रपतिसँगको दया याचिका अस्वीकार भएपछि अब फाईल दिल्ली सरकारलाई पठाइएको छ ।

डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो । सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए । त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित एक जनालाई नाबालक भन्दै त्यसबेला नै माफी दिइएको थियो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७