झलनाथले भने, 'म राष्ट्रपति बन्न तयार छु'


१९:५९ बजे

झापा: भावी राष्ट्रपतिका रुपमा चर्चामा रहेका नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आफू राष्ट्रपति बन्न तयार रहेको खुलाएका छन् ।

उनले आफूलाई राष्ट्रपतिको जिम्मेवारी दिए अस्विकार नगर्ने बताएका छन् । भावी राष्ट्रपतिको रुपमा चर्चा भईरहेका बेला वरिष्ठ नेता खनालले राष्ट्रपति बन्न कसैलाई नमस्कार गरेर पनि नहिँडने स्पष्ट पारे । विहीबार झापाको विर्तामोडमा स्थानीय संचारकर्मीमाझ उनले राष्ट्रपति बनेपनि आफू सक्रिय नै भएर लागि पर्ने प्रतिक्रिया दिए । वरिष्ठ नेता खनालले आफू निरन्तर सक्रिय राजनीतिमा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे । उनले राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराए । वरिष्ठ नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७