उपभोक्तामाथि यस्तोसम्म खेलबाड, कुहिएको चामल प्रशोधन गरी बिक्री गर्दै खाद्य कम्पनी
काठमाडौं, ९ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ ।
सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चामल कुहिएको हो । राजधानी दैनिकबाट
.gif)

.png)


