सुख्खा पहिरोपछि रसुवागढी सुरुङ मार्गमा १७ मजदुर थुनिए
काठमाडौं, ५ असार : रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा १७ जना मजदुर भित्रै थुनिएका छन् ।
विहिबार गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका हुन् ।
रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत् सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएको शसस्त्र प्रहरी बल रसुवागढी गुल्मका प्रमुख डिएसपी जीवन केसीले जानकारी दिए ।
गुल्म प्रमुख केसीका अनुसार सुरुङ्गभित्र थुनिएका मजदुरहरु सुरक्षित छन् । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ डिएसपी केसीले नयाँ पेजसँग भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । हामी बिहानै उद्दारमा जुट्छौं ।’