२०७६ असार ४ गते बुधबारको तपाईको राशिफल


२०७६ असार ४ बुधबार १९:४१ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक, धार्मिक कार्यमा रुची बढ्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारमा सुख सन्तोष छाउने छ । सफल यात्राको योग छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । जोश जाँगर र उमङ्ग बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वाक्चतुर्याईले सङ्कल्प सिद्घ हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । दिनको उत्तरार्ध सुखद रहने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा निरासा र शरीरमा आलस्य आउँला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउँला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी छाउँला । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । राजनैतिक विवाद बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् शुभकार्यको चर्चा चल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । । भूमि लाभ रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बहुमूल्य वस्तु हात पर्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७