१७ वर्षीय सुविलको हत्या प्रेमिकाले गरेको खुलासा


२०७६ जेठ १ बुधबार २३:१३ बजे

कञ्चनपुर, १ जेठ । कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीया अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीया शिवानी रानालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अर्का पक्राउ परेका देवसिंह रानालाई ५० हजार रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

शिवानी राना हत्या गरिएका बडायककी पूर्व प्रेमिका हुन् । उनको गत चैत २८ गते गाउँमा विवाह समारोह भइरहेका बेला डिजेमा नाच्ने बेला विवाद भई लखेटेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले शव क्षतविक्षत अवस्थामा नजिकैको खोलामा गाडिएको अवस्थामा फेला पारेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७