धिरजको ‘आई एम ट्वान्टी वान’
काठमाडौं, २९ बैशाख । निर्देशक रेनशा वान्तवा राईको बिहे भोजका लागि मात्र लण्डनदेखि नेपाल आएका नायक धिरज मगरले आफू नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’ को प्रतिक्षामा रहेको बताएका छन् ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मा काम गरेपछि चर्चामा आएका धिरजले नयाँ चलचित्रको छायांकन अगष्टबाट शुरु हुने बताए ।
धिरजले लामै समय ग्याप भइसकेकाले आफू दर्शकमाझ आउनका लागि हतारिएको पनि बताएका छन् । धिरजलाई चलचित्र ‘प्रेमगीत ३ र मेरो एउटा साथी छ २’ का लागि पनि अफर आएको भन्ने खालका चर्चा बजारमा चलिरहेका छन् । तर, धिरजले यो कुरालाई अस्विकार गरेका छन् । उनले, आफू मात्र चलचित्र ‘आई एम ट्वान्टी वान’ को तयारीमा रहेको सुनाए ।