पूर्व पत्रकार तथा संसदको साँस्कृतिक सल्लाहकार मीना मंगलको गोली हानी हत्या
काठमाडौं, २९ बैसाख । पूर्व पत्रकार तथा अफगानी संसदको साँस्कृतिक सल्लाहकार मीना मंगलको हत्या गरिएको छ ।
राजधानी काबुल पूर्वी क्षेत्रमा शनिबार दिउँसै उनीमाथि गोली हानी हत्या गरिएको हो । इतबारसम्म हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन ।
पत्रकारिता छाड्नुअघि विभिन्न टेलिभिजन नेटवर्कमा सन्चालन गर्ने कार्यक्रमका कारण उनी चर्चित थिइन् । अफ्गानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता नसरत राहिमीले उनको हत्याको पुष्टि गरेका हुन् । एजेन्सी