किशोर टिमको कमाल, नेपाललाई दिलाए एसिसि यू–१६ क्रिकेटको उपाधि


२०७६ बैशाख १५ आइतबार २१:५९ बजे

काठमाडौं, १५ बैशाख (एजेन्सी) । नेपाली यु–१६ क्रिकेट टिमले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएको हो ।

नेपाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । सन २०१७ मा थाइल्याण्डमै भएको यो प्रतियोगितामा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि उचालेको थियो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो ।

मलेसियाका लागि तल्लोक्रमका मोहम्मद हजीक आइमनले १८,वान मोहम्मद आजम १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
नेपालको कसिलो बलिङ सामु मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका कृष्ण कुमार सुन्य,सिद्धार्थ कार्तिक ४, सर्वेन सुरेन्द्रन ८,लोकमान नुुर ५,अहमद अकमल आलिफ ३,वान अहमद असराफ शून्यमा आउट भए ।

नेपाललाई सहज जित दिलाउन विशाल कुमार पटेलले ७ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दिपक बोहोराले ७ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै निखिल कुमार सिंह र कृष कार्की नाममा समान १ विकेट रह्यो ।

त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।

नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७,रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।

त्यस्तै तल्लोक्रमका कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे ।
मलेसियाका लागि सचिनु हेतेगेले ३, जिनेन्द्र मुरली २, अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट हात पारे ।

नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । त्यस्तै थाईल्यान्डसँगको खेलमा वर्षले गर्दा रद्ध भएको थियो । सेमिफाईनल खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७