नेपाल ल क्याम्पस एलएलबी प्रथम वर्षका विद्यार्थीहरुद्धारा हावाहुरी प्रभावित क्षेत्रमा राहत


१०:१७ बजे

काठमाडौं, २२ चैत । नेपाल ल क्याम्पस प्रदर्शनी मार्गका एलएलबी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन् ।

ल क्याम्पसका विद्यार्थीहरुको सक्रियतामा विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरिएको रकम तथा सामाग्री बिहिबार बाराको चैनपुरका प्रभावितहरुलाई राहत वितरण गरेको विद्यार्थी उषा राईले जानकारी दिइन् । उनले राहत घर–घरैमा पुगेर वितरण गरेको तथा अस्थायी बास निर्माणमा सहयोग समेत गरेको बताइन् ।

राहतमा ५० थान झुल, ५० थान टर्च लाइट, ५० थान टिसर्ट तथा डस्ना र खाद्य सामाग्रिहरु रहेको थियो । राहात वितरणका लागि जाने टोलीमा विद्यार्थीहरु सन्तोष सापकोटा, सागर भण्डारी, उषा राई, रविन सिंह र नेल्शन घलान रहेका थिए ।

विद्यार्थीहरुले प्रसाद गुरुङबाट १५ हजार, पायोनिर नेपालका परितोस गुप्तबाट १० हजार, युना रेष्टुरेन्ट एण्ड बारका सुमन महर्जनबाट ५ हजार, सौगत मन्टेस्वरीकी राज्य लक्ष्मि बैदारबाट ५ हजार, एलएलबी प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुबाट संकलन गरिएको ४ हजार ५ सय, कानून व्यवसायी राजकुमार श्रेष्ठबाट ५ सय र कालिन्चोक पुस्तक पसलबाट ४ सय ८५ रुपैँया संकलन गरेको राईले बताइन् ।

ल क्याम्पसको यस ब्याचमा १२ हजार भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

बारा र पर्सामा आएको विनाशकारी आँधीमा परि २८ जनाको ज्यान गएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७