जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन बन्दै


११:०७ बजे

काठमाडौँ, २२ चैत । ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’

जेट एयरवेजका अधिकारी राहुल तनेजाले भनेका छन्, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ । यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ ।

यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । हामी लगातार यसलाई ठिक गर्ने प्रयासमा लागिपरेका छौँ । वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७