आँधी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग


१५:५३ बजे

काठमाडौं,चैत २१ । एनआईसी एशिया बैंकले आँधीबाट पीडितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

बारा तथा पर्सामा विध्वंसकारी आँधीले अपुरणीय क्षति पुर्याएकोमा बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितका राहत सामाग्री हस्तान्तरण गरेको छ । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले मिति हस्तान्तरण गरे । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७