वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने


१०:४० बजे

काठमाडौं, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइबडीका सम्बन्धमा धमाधाम बयान लिने काम भइरहेको जानकारी दिए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ’, उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ।’

अख्तियारले सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ। उनीहरूलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार नेपालभित्र ठेगाना पत्ता नलागेको वा सूचना बुझाउन नसकेको व्यक्तिलाई ३० दिनको म्याद दिई दुई पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने उल्लेख छ । ‘यो सूचना पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ सार्वजनिक सूचनामा उल्लेख छ। वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ ‘अनियमितता’ भएको संसद्को सार्वजनिक लेखासमितिको निष्कर्ष थियो।

दुई वाइडवडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा अख्तियारको कारबाहीका सम्बन्ध सांसदले प्रश्न गरेका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले वाइडवडी कारबाहीका सम्बन्धमा संसद्ले चासो राखेका हुन्। सांसद दिलेन्द्रप्रसाद बडूले अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न सोधेका थिए।

पूर्वप्रधानमन्त्रीको नाम आएपछि तैं चुप मै चुप भएको समेत सांसदले बताए। उनीहरूले सरकारले गठन गरेको उच्चस्तरीय समिति र अख्तियारबीच अन्तरसमन्वयका सम्बन्धमा चासो राखेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७