सिटिजन्स बैंकद्वारा राहतकोषको स्थापना, बारा-पर्साका आँधी पीडितलाई १० लाख सहयोग गर्ने


०६:२४ बजे

काठमाडौं,चैत १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ स्थापना गरेको छ ।

बैंकले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को स्थापना गरेको हो ।

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले १० लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।

साथै बैंक प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउँदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न सक्ने जनाएको छ ।

बैंकले आफुलाई पायक पर्ने सिटिजन्स बैंकको जुनसुकै शाखा कार्यालयबाट ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने पनि जनाएको छ ।

उक्त खातामा सहयोग गर्ने ग्राहकहरुको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने पनि बैंकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७