२०७६ सालमा कुन-कुन दिन बैंक बन्द हुन्छ ? (सूचीसहित)
काठमाडौं, चैत १९ । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०७६ मा बैंक तथा वित्तीय संस्था विदाका सूची निकालेको छ ।
बैंकले वर्षभरी कुन कुन दिन बैंक तथा वित्तीय संस्थाले विदा पाउँछन् भन्दै सूची प्रकाशित गरेको छ ।
केन्द्रीय बैंकले प्रकाशित गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाले २१ दिन विदा पाउनेछन् । जसमा देशभरका बैंकल १४ दिन पूर्णकालीन विदा पाउनेछन् भने स्थानीय विदा भने छुट्टा छुट्टै समयमा हुनेछ ।
यो बाहेक नेपाल सरकारले घोषणा गरेको समयमा सार्वजनिक विदा हुनेछ ।