सन्दीपको पन्जाबविरुद्ध पनि उत्कृष्ट प्रर्दशन लिए दुई विकेट
काठमाडौं, १८ चैत । नेपाली स्पिनर सन्दीप लामिछानेले आइपिएलमा लगातार उत्कृष्ट प्रर्दशन गरेका छन् । दिल्ली क्यापिटलका सन्दीपले आज(सोमबार) पन्जाबको चण्डीगढ मैदानमा भइरहेका किङस इलेभन पन्जाबविरुद्धको खेलमा पनि उत्कृष्ट बलिङ गरेका हुन् । सन्दीपले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्ली क्यापिटल्सले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । उनले आफनो पहिलो ओभरमै विकेट लिए ।
सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए, दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौंबलमा सरफराज खानले १ रन दिए ।
त्यसपछि ७ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले ४ रन दिए । सन्दीपले पहिलो र दोस्रो बलमा अग्रवाललाई डट गराए । तेस्रो र चौथो बलमा अग्रवाल र सरफराज खानले समान १–१ रन बटुले । पाँचौ र छैटौं बलमा पनि एक–एक रन दिए ।
तेस्रो ओभर लिएर १२ औं ओभरमा आए । उनले १० रन खर्चिए । १२ ओभरको पहिलो बल लेग वाईका रुपमा डेविड मिलरले १ रन लिए । दोस्रो बल सरफराज खानलाई डट गराए । सन्दीपले तेस्रो,चौथो र पाँचौ बलमा १–१ रन खर्चे पनि अन्तिम बलमा छक्का खान पुगे । डेविड मिलरले अन्तिम बलमा कडा छक्का प्रहार गरेका थिए ।
त्यसपछि १४ ओभरमा आएका सन्दीपले ४ रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए । भने आफनो व्यक्तिगत दोस्रो विकेट लिए । पहिलो बल मिलरलाई डट गराए ।दोस्रो बलमा मिलर र तेस्रो बलमा खानले समान १ रन लिए । चौथो बलमा मिलरलाई १ रन दिए । पाँचौ बलमार सन्दीपले सरफराज खानलाई विकेटकीपर ऋषभ पन्तबाट ३९ रनमा क्याच कट बाइन्ड निकाल्दै गराउँदै आफ्नो नाममा दुई विकेट राखे । अन्तिम बल डट गराएसँगै उनले उत्कृष्ट अन्त्य गरे ।
सन्दीपले दुई विकेटसँगै किफायती बलिङ समेत गरेका छन् । पन्जावलाई सस्तैमा रोक्न सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । त्यस्तै क्रिस मोरिसले पनि ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कागीसो रबाडाको नाममा २ विकेट रह्यो ।
पन्जाबद्धारा १ सय ६७ रनको लक्ष्य
दिल्लीलाई पन्जावले दिल्ली क्याटिल्सलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान टस हारेर ब्याटिङ थालेको पन्जावले निधारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । क्रिस गेललाई बेन्चमा राखेर मैदान उत्रेको पन्जावका लागि डेविड मिलरले सर्वा्धिक ४३ रनको योगदान दिए । मिलरले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे । मन्दीप सिंह २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।
सरफराज खानले २९ बलमा ६ चौका प्रहार गर्दै ३९,साम करनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० र केएल राहुलले १५ रन जोडे । करन र खान दुबै सन्दीपको सिकार बनेका थिए । मयंक अग्रवाल ६ बटुल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।