प्रधानमन्त्री ओली झापाबाट सेनाकाे स्काइट्रकमार्फत बारा उडे


१०:४९ बजे

भद्रपुर, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट बारा र पर्सा प्रस्थान गरेका छन् । गृह जिल्लामा झापामा सोमबार आयोजना गरिएको तीनवटा कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा र पर्साको घटनस्थल अनुगमनका लागि उडेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव झापाको भद्रपुर विमानस्थलमा । तस्वीरः चन्द्रकला भण्डारी, रासस/ झापा

प्रधानमन्त्री ओली १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रक मार्फत बारा पर्साको अनुगमनका लागि उडेका हुन् । प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा पनि त्यसतर्फ गएका छन् ।


नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रक

आइतवार साँझ आएको बारा र पर्सामा वितण्डा मच्चाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरको पछिल्लो जानकारी अनुसार हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

घटनास्थल र अस्पतालहरुबाट पूर्ण रुपमा सूचना संकलन भइ नसकेको कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । ६०० बढी घाइते छन् । बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा बढी प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नारायणी अस्पतालमा १२० जना घाइते उपचाररत छन् । त्यहाँ ६ जनाको मृत्यु भएको छ

यस्तै, नेशनल मेडिकल कलेजमा १९० घाइतेको उपचार भइरहेको छ भने त्यहाँ ३ को मृत्यु भएको छ । कलैया अस्पतालमा २०६, तराई हस्पिटल वीरगंजमा २, एडभान्स हस्पिटलमा २०, गण्डकी हस्पिटलमा २८, विरगंज हेल्थकेयर युनिटमा ३९ घाइतेको उपचार भइरहेको छ । भने हेल्थकेयर अस्पतालमा १ जनाको मृत्यु भएको छ । कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७