बारा र पर्सामा मृत्यु हुने संख्या २७ पुग्यो, ६ सय घाइते (सूचीसहित)
काठमाडौं, १८ चैत । आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
हावाहुरूबाट मुत्य भएका २७ मध्ये २४ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ । यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ । हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिक पनि रहेका छन् ।
मृतकहरूको नाम र ठेगानाः
क.फेटा गाउँपालिका (बारा)
१.हरिनारायण दास(५५ वर्ष)
२. मनोरमा देवी(४५)
३.रुनि देवी(२४)
४.नन्द पटेल
५.रुबी खातुन (१२)
६. गढीमा देवी(५०)
७. बबिमा खातुन(२५)
८. मुस्तकिमा खातुन(५०)
९. मिना खातुन(२५)
१०. नोक्सा मियाँ (११)
११. अलिसा खातुन(३)
१२. सकिया खातुन(४०)
१३. सम्सिधा खातुन(१२)
१४. सबनम खातुन(१८)
ख. प्रसौनी गाँउपालिका(बारा)
१. अच्छलाल माझी (५५)
ग. सुवर्णपुर गाउँपालिका (बारा)
१. तरिफा खातुन (३०)
२. श्रीप्रसाद यादव(६५)
घ. प्रसौनी गाँउपालिकाका (बारा
१. अच्छलाल माझी(५५)
ङ. महागढीमाइ नगरपालिका (बारा
१. कोइरी देवी(७५),
च. भारत
१. कालुपक्कर राजेश मुखिया(२२)( मोतिहारी,
२. बोक्ता अवधेश पासवान(२३)( सितामढी
३. राधे लाढि (४१)( उत्तरप्रदेश बरैली लाजगञ्ज
छ.पर्सा
१. भवानीपुर राम माझी(४५)
२. सुरज माझी(४)