आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण
काठमाडौं, १८ चैत । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो ।
त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहादानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार नौ सय ६५ पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
राहदानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने ।
आठ वर्षमा एमआरपी
पुरुष स् ४६,३३,९६५
महिला स् ११,०६,९८०
अन्य स् २६
जम्मा स् ५७,४०,९७१