मतदानपछि पौडेलले भने,'७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार'


१६:५८ बजे

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले दमौलीको सत्यवती मावि ‘ग’ निर्वाचन केन्द्रमा मतदान गरेका छन् ।  मतदानपछि पौडेलले  ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार गर्न यो निर्वाचन महत्वपूर्ण भएको टिप्पणी गरे।

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग प्रतिष्पर्धामा छन्। तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता मतदानमा सहभागी हुँदैछन्। जिल्लामा ‘हाई प्रोफाइल’ नेता चुनाव लडेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ। चिसोका कारण मतदाता बिहान ७ बजे मतदानस्थलमा कम देखिए पनि बिस्तारै मतदान स्थलमा चहलपहल बढ्न थालेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७