एक हजार तीन सय कर्मचारी कार्वाहीका लागि सिफारिस, को–को पर्दैछन् कार्वाहीमा ?


२०७५ फाल्गुण २९ बुधबार १०:०२ बजे

काठमाडौं, २९ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कार्वाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कार्वाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराए ।

उनका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कार्वाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कार्वाही गर्न सिफारिस गरेको हो । केन्द्रले ४४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ ।

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा दुई हजार ३७७ कर्मचारीलाई कार्वाहीको लागि सिफारिस गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७